दफा ९०
एकैसाथ एकभन्दा बढी व्यक्तिको वारिस हुन सक्ने
एउटै व्यक्ति एकै साथ एकभन्दा बढी व्यक्तिहरुको वारिस हुन सक्नेछ ।
तर कुनै मुद्दामा एउटा पक्षको वारिस भएको व्यक्ति सोही मुद्दा वा सोही मुद्दासँग सम्बन्धित मुद्दामा निजको विपक्षीको वारिस हुन सक्ने छैन ।